काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले घर तथा सार्वजनिक स्थानमा जथाभावी नथुक्न काठमाडौँवासीलाई आग्रह गरको छ।
नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमण नेपालमा पनि बढेको हुनाले त्यसलाई नियन्त्रणका लागि मंगलबार जिल्ला प्रशासन कार्यालयले त्यस्तो आग्रह गरेको हो।
प्रशासनले काठमाडौँमा मास्कको प्रयोग अनिवार्य गर्न निर्देशनात्मक सूचना जारी गरेको छ । प्रयोग गरेको मास्क जथाभावी नफाल्न र पाँच दिनपछि मात्र बिसर्जन गर्न प्रशासनको आग्रह छ।
विदेशबाट नेपाल आएका र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको कोरोना नतिजा नेगेटिभ भएपनि १० दिन होम क्वारेन्टाइनमा अनिवार्य बस्न प्रशासनको अपिल छ।
पिसिआर परीक्षणका लागी स्वाव दिएपछि हिँडडुल नगर्न र स्थानीय तहमा क्वारेन्टिन र आइसोलेशनमा बसेकालाई सक्दो सहयोग गर्न आग्रह गरिएको छ।
जिल्ला प्रशासन कार्यालयको आग्रह अटेर गर्नेलाई संक्रामक रोग ऐन-०२० अनुसार कारवाही गरिने प्रशासनले चेतावनी दिएको छ। त्यस्तै अब बसमा चढ्दा मास्क अनिवार्य गरिएको छ।
मास्क नलगाई बसमा गएमा यात्रुले १० रुपैयाँ तिरेर सहचालकसँग मास्क किन्नुपर्ने नियम प्रशासनले लागू गरेको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
