नेपालमा ह्वात्तै बढ्यो कोरोना संक्रमण, एकै दिन थपिए १६ सय ६७ संक्रमित

काठमाडौँ । नेपालमा पुनः कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा नेपालमा १६ सय ६७ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ५५ पीसीआर परीक्षणबाट मंगलबार १६ सय ६७ जना संक्रमित फेला परेको हो। त्यस्तै ६ सय ८३ एन्टिजेन परीक्षणबाट ६९ जनामा संक्रमण पुष्टि भएको छ।

Advertisement

२४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट भएको परीक्षणबाट १७ सय ३६ जना संक्रमित बनेका छन्। हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८७ हजार ५६७ पुगेको छ।

२४ घण्टामा २५१ जना डिस्चार्ज भएका छन्। यो सँगै निको हुनेको संख्या २ लाख ७५ हजार ८०६ पुगेको छ । सोही अवधिमा कोरोनाबाट ३ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ।

यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १०२ पुगेको छ । सक्रिय संक्रमित ८ हजार ६ सय ५९ छन् भने क्वारेन्टाइनमा ९२ जना रहेका छन्।

More News last news
Loading...