रौतहटको एउटै विद्यालयका ९ शिक्षकमा कोरोना

काठमाडौँ । रौतहटको गरुडा गाँउपालिका वडा नम्बर–७ पिपरिया दोस्तीयास्थित श्री माध्यमिक विद्यालयका ९ जना शिक्षकमा कारोना संक्रमण देखिएको छ।

शिक्षकमा संक्रमण देखिएपछि आगामी वैशाख १२ गतेसम्मको लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक लखेन्द्रप्रसाद यादवले बताए।

Advertisement

उनले भने, ‘गत वैशाख २ गते विद्यालयको एक जना शिक्षकमा कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द गरेका हौँ।’

विद्यालयका अन्य शिक्षकको पीसीआर जाँच गर्दा वैशाख ४ गते (हिजो) थप ८ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमित शिक्षकहरुको नेगेटिभ रिपोर्ट नआउँदासम्मको लागि विद्यालय बन्द हुने उनले बताए।

उनले भने, ‘धेरै शिक्षकहरुमा संक्रमण देखिएकाले थप संक्रमण फैलिन नदिन विद्यालय बन्द गरिएको हो।’

विद्यालयका कर्मचारी, विद्यार्थी, अभिभावक र विद्यार्थीहरुको पीसीआर जाँच गर्न शिल्ला प्रशासन कार्यालय, वडा कार्यालय र नगरपालिकाहरुलाई आग्रह गरेको उनले जानकारी दिए ।

गाउँको एउटै विद्यालयका ९ जना शिक्षकमा कोरोना देखिएपछि सो क्षेत्रका अरुलाई पनि कोरोनाको संक्रमण भएको हुनसक्ने उनले बताए।

उनले भने, ‘सरकारले शहरी क्षेत्रमा मात्र कोरोना संक्रमणको उच्च जोखिम रहेको बताउँदै आएको छ तर हाम्रो विद्यालय रहेका स्थान रौतहट जिल्लाको दुर्गम गाउँ हो।’

सरकारले शहरी क्षेत्रलाई मात्र नभएर गाँउलाई पनि प्राथमिकतामा राखेर कोरोना चेकजाँच प्रभावकारी ढंगले अघि बढाउनुपर्ने उनले बताए।

More News last news
Loading...