केटाले मात्रै बलात्कार गर्छन् भन्ने मान्यतामा ट्वीस्ट, अब नेपालमा महिलालाई पनि कारबाही हुने

काठमाडौँ । वयस्क महिलाले १८ वर्षभन्दा कम उमेरका बालक वा बालिकासँग यौन सम्पर्क राखेमा मुद्दा चलाउने निर्णय गरिएको छ।

महान्यायाधिवक्ताको कार्यालय व्यवस्थापन समितिले सो निर्णय गरेर त्यस्ता घटनामा वयस्क महिलाविरुद्ध मुद्दा अगाडी बढाउन सबै सरकारी वकिल कार्यालयलाई सर्कुलर गरेको हो।

Advertisement

यसअघि महिलाले यौन दुरुपयोग गर्दैनन् भन्ने मान्यताका आधारमा वयस्क महिला र बालकको बीचमा करणी हुँदा बालकलाई बलात्कारको मुद्दा चलाउने गरिन्थ्यो ।

मुलुकी अपराध संहित–०७५ र बालबालिका सम्बन्धी ऐन–०७५ अनुसार महान्यायाधिवक्ताको कार्यालयले त्यस्तो निर्णय गरेको हो।

निर्णय अनुसार १८ वर्ष पुगेकी युवतीले नाबालकसँग जबर्जस्ती करणी गरेमा उनीबिरुद्ध यौन दुरुपयोगको मुद्दा लाग्छ। महान्यायाधिवक्ताको कार्यालयको सो निर्णयसँग केटाले मात्रै बलात्कार गर्छन् भन्ने मान्यतामा ट्वीस्ट आएको छ।

‘बालक र बालिका उपर पनि यौन दुरुपयोग गरेको उजुरी परेमा बयस्क महिला उपर मुद्दा चलाउने’ महान्यायाधिवक्ताको कार्यालय व्यवस्थापन समितीको निर्णयमा भनिएको छ।

महान्यायाधिवक्ताको कार्यालयले अब अपराधको ठाउँमा कसुर र अपराधीको ठाउँमा कसूरदार शब्दावली प्रयोग गर्ने निर्णय पनि गरेको छ । त्यस्तै, व्यक्तिबीचको ठगी मुद्दामा मिलापत्र गराउने निर्णय गरिएको छ।

More News last news
Loading...