काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ६ सय तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।
४२ सय ८९ जनाको पीसीआर परीक्षण गर्दा पाँच सय ८० जना र चार सय ५१ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जना गरी ६ सय तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
बुधवार कोरोना पुष्टि भएका सङ्क्रमितमध्ये काठमाडौँ उपत्यकाका मात्रै दुई सय ५४ जना रहेका छन्।
यस्तै पछिल्लो २४ घण्टामा एक सय २९ जना निको भएका छन्। अहिले नेपालमा चार हजार ५६ जना सक्रिय सङ्क्रमित छन्।
सक्रिय सङ्क्रमितमध्ये ८० जनाको आईसीयू र २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा तीन जनाको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ६१ पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
