स्वर्गद्वारी नजिकै जिप दुर्घटना,नयाँ वर्ष मनाउन गएका ५ जनाको ज्यान गयो

गुल्मी । प्युठानको स्वर्गद्वारी नजिकै भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ। नयाँ वर्ष मनाउनका लागि जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत कर्मचारीलाई लिएर स्वर्गद्वारी जाँदै गरेको लु १ ज १६५५ नम्बरको जीप प्युठानको स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेहरुमा जीप चालक गुल्मीको मुसिकोट नगरपालिका–३ का २२ वर्षीय केशव कार्की, जिल्ला प्रशासन कार्यालय गुल्मीका कम्प्युटर अपरेटर रेसुङ्गा नगरपालिका–७ का ३५ वर्षीय सूर्य पन्थी, मुद्दा शाखाका धुर्कोट–७ का ३६ वर्षीय ईश्वर भण्डारी, प्रशासकीय अधिकृत स्याङजाका ३८ वर्षीय श्याम न्यौपाने र २७ वर्षीय यमलाल पन्थी रहेको प्रहरीले जनाएको छ।

Advertisement

जीपमा जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी र उनीहरुको परिवारसहित १६ जना सवार थिए। घटनामा ११ जना घाइते छन्।

गम्भीर घाइते भएका सन्दीप परियार, मुना पाण्डे, कमला पन्थी, सार्थक ज्ञवाली, गीता मुखिया, अनिश बोहरालाई हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको प्रहरीले जानकारी दिइएको छ।

जीपमा सवार १७ मध्ये १२ जना घाइते भएका थिए। अन्य घाइतेको प्यूठानको भिङ्ग्री प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। घाइते भएका ६ जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ।

घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र भिग्रीमा उपचार भइरहेको छ। प्राथमिक स्वास्थ्य केन्द्रका अनुसार चार जनाको अवस्था गम्भीर रहेको छ।

जीप घुम्तीमा बसलाई ओभरटेक गर्ने क्रममा भीरबाट १५० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

More News last news
Loading...