काठमाडौँ । आगामी चैत २९ गतेका दिन काठमाडौँ उपत्याकाभित्र सार्वजनिक बिदा दिइएको छ। घोडेजात्राको अवसरमा उक्त दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
नेपाल सरकारद्वारा प्रकाशित नेपाल राजपत्र अनुसार सो दिन घोडेजात्राको अवसरमा बिदा हुने जनाएको छ। घोडेजात्रा एक ऐतिहासिक र सामाजिक जात्राका रुपमा प्राचीन कालदेखि नै काठमाडौँ उपत्यकामा मनाइँदै आइरहेको परम्परा हो।
सो दिन काठमाडौँको टुँडिखेलमा हजारौँ सर्वसाधारणकाबीच राज्यका प्रतिष्ठित व्यक्तित्वहरुमाझ नेपाली सेना र नेपाल प्रहरीले घोडेजात्रा विशेष कृत्य तथा विभिन्न अभ्यासहरु प्रर्दशन गर्दछन्।
यो जात्रा परापूर्वकालमा टुँडि नामक दैत्यमाथिको विजयको रूपमा मनाइन्छ। यहाँ दौडने घोडाको टापले त्यस दानवको आत्मालाई दबाउन मद्दत गर्ने विश्वास गरिन्छ।
जसले यो शहरलाई अहिले पनि नाश गर्न चाहने विश्वास गरिन्छ र साथै यस जात्राले देशमा शुमङ्गल ल्याउने विश्वास गरिन्छ।
घोडेजात्राका अवसरमा ललितपुरको पाटन बालकुमारीमा एक आँखा नदेख्नेएक्लो घोडा दौडाएर घोडेजात्रा मनाउने गरिन्छ भने भक्तपूरको पचपन्न झ्याले दरबार परिसरमा सिंगारिएको घोडा दौडाएर जात्रा मनाइन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
