पछिल्लो २४ घण्टामा देशभरका थपिए ३३२ कोरोना संक्रमित, ७९ जना निको

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा तीन सय ३२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। चार हजार ६ जनाको पीसीआर परीक्षण गर्दा तीन सय ३२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ

थपिएका तीन सय ३२ सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७९ हजार एक सय पुगेको छ। पछिल्लो २४ घण्टामा ७९ जना सङ्क्रमणमुक्त भएसँगै अहिलेसम्म कोरोनाबाट निको हुनेको सङ्ख्या दुई लाख ७३ हजार ६ सय आठ पुगेको छ।

Advertisement

मन्त्रालयका अनुसार अहिले देशभर दुई हजार चार सय ५४ जना सक्रिय सङ्क्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट कसैको पनि ज्यान गएको छैन। नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमणका कारण तीन हजार ३८ जनाले ज्यान गुमाएका छन्।

 

More News last news
Loading...