काठमाडौँ । नेपाली काँग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले जि टू जी प्रक्रियामार्फत भाषा पास गरेका परीक्षार्थीहरुलाई दक्षिण कोरिया लैजान सरकारसँग माग गरेकी छन्।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद संग्रौलाले भाषा पास गरेर दक्षिण कोरिया जान नपाएका युवाहरुलाई जि टूजी प्रक्रियामार्फत लैजानका लागि पहल गर्न आग्रह गरेकी हुन्।
‘भाषा परीक्षा उर्तिण गरेर झण्डै १० हजार नेपाली दक्षिण कोरिया जान पाएका छैनन्। उनीहरुको लगानी र समय खेर गइरहेको छ।
उनीहरुमाथि अन्याय भएको छ’, उनले भनिन्, ‘नेपाल सरकार र दक्षिण कोरियाबीच जि टू जी सम्झौता गरेर तुरुन्तै जाने व्यवस्था गर्नुपर्छ।’
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
