आज चीनबाट कोरोनाविरुद्धको खोप नेपाल ल्याइँदै

काठमाडौँ । कोरोनाविरुद्धको चिनियाँ खोप आज काठमाडौं आउँदै छ। चीन सरकारले सहयोग गरेको आठ लाख डोज खोप आज काठमाडौं आउन लागेको हो।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३३० जहाज खोप लिन आइतबार अपराह्न चीनको राजधानी बेइजिङ गएको थियो। सो जहाज सोमबार राति साढे आठ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने निगमका प्रवक्ता करिष्मा श्रेष्ठले जानकारी दिइन्।

Advertisement

चीन सरकारले कोरोनाविरुद्धको ‘भेरासेल’ खोप नेपाललाई उपलब्ध गराउन लागेको हो। चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको सो खोपलाई २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ। यो खोप दुई मात्रा लगाउनुपर्छ।

विभिन्न परीक्षणहरूमा चिनियाँ खोप नेपालले हाल प्रयोग गर्दै आएको कोभिसिल्ड खोपभन्दा बढी प्रभावकारी देखिएको अधिकारीहरु बताउँछन्। यद्यपि भेरासेल खोप कोभिसिल्डको तुलनामा महँगो पर्दछ।

यसअघि भारत सरकारले भारतकै सिरम इन्सटिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोपको १० लाख डोज खोप नेपाललाई अनुदानमा उपलब्ध गराएको थियो।

More News last news
Loading...