कोरोनाबाट विदेशमा थप ३ नेपालीको ज्यान गयो, बेल्जियम, मलेसिया र युएईमा बढ्यो संक्रमण

काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ३ जनाको निधन भएको छ। यो साता यूकेमा २ जना र क्यानाडामा १ जना कोरोना संक्रमितको ज्यान गएको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाले जानकारी दिएका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण शनिबार साँझसम्म २२ देशमा ज्यान गुमाउनेको संख्या ३ सय ४५ पुगेको छ।

Advertisement

संयोजक डा. सापकोटाका अनुसार यो साता बेल्जियम, मलेसिया र युएईमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ । हालसम्म ५३ देशमा ६३ हजार ८ सय ५४ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

तीमध्ये ६१ हजार ९ सय ८० जना कोरोना संक्रमणमुक्त भएका छन् । विदेशमा संक्रमणमुक्त हुने दर ९६ दशमलव ८ प्रतिशत रहेको छ। यसैबीच, कोरोना भाइरसका कारण नेपालमा ३ हजार ३७ जनाको निधन भएको छ।

अनिवार्य स्वास्थ्य मापदण्ड अपनाउन आग्रह

नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ७६ हजार ७ सय ५० जना भने २ लाख ७२ हजार ४ सय ३५ जना कोरोनाबाट मुक्त भएकाछन् । संक्रमणमुक्त हुने दर ९८ दशमलव ४ प्रतिशत छ।

स्वास्थ्य समितिका संयोजक डा. सापकोटाले पछिल्ला दिनमा भारतमा संक्रमण तीव्र बनेको र भारतबाट नेपाल फर्किनेको संख्या बढिरहेकाले सबैलाई अनिवार्य स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेका छन्।

उच्च स्वास्थ्य सतर्कता अपनाउनुका साथै खोप लगाएका रनलगाएका सबैले मास्क, सामाजिक दूरी, हातको सरसफाइ, हावाओहोर दोहोर हुनेठाउँमा बसेर जनस्वास्थ्यको उपाय कडाईका साथ पालना गर्न उनले सुझाएका छन्।

यसैबीच, काठमाडौँमा पछिल्लो समयफैलिएको धुलो धुवाँबाट जोगिन स्वास्थ्य समितिले सुझाव दिएको छ। डा. सापकोटाले प्रदूषणले स्वासप्रश्वास लगायत भर्खरै कारोना संक्रमणमुक्तहरूलाई बढी असर गर्ने भन्दै सावधानी अपनाउन आग्रह गरेका छन्।

तत्कालिन रूपमा आँखा पोल्ने, आँखाचिलाउने, आँखा रातो हुने लगायतका लक्षणहरू देखिने र पछि दीर्घकालमा समेत असर पर्ने उनले बताए। अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन रनिस्किहाले पनि शरीर ढाक्ने कपडा लगाउन, मास्क तथा चस्मा समेत लगाउन डा. सापकोटाले सुझाए र

More News last news
Loading...