यी हुन् पत्रकार महासंघको निर्वाचनका लागि उम्मेदवारी दिनेहरु (सूचिसहित)

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनमा नेपाल प्रेस युनियन, प्रेस सङ्गठन नेपाललगायतका सङ्गठनले संयुक्त रूपमा उम्मेदवारी दर्ता गराएका छन्।

नेपाल पत्रकार महासंघको यही चैत २५ गते हुने निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारहरुको नामावली केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको छ।

Advertisement

सूचीअनुसार अध्यक्षमा गजेन्द्रसिंह बुढाथोकी, दीपक पाठक, निर्मला शर्मा, रामप्रसाद दाहाल र विपुल पोख्रेलले उम्मेदवारी दिएका छन्।

यस्तै, वरिष्ठ उपाध्यक्षमा ध्रुव लम्साल, माधव नेपाल, रमेश बिष्ट र रामजी दाहाल, महिला उपाध्यक्षमा दाना सुवेदी र बाला अधिकारी, उपाध्यक्ष समावेशीमा अवधेश झा, उदय जीएम, मोहनकुमार सिंह, रेमबहादुर विश्वकर्मा र शीतलप्रसाद महतोले उम्मेदवारी दिएका छन्।

महासचिवमा बालकृष्ण बस्नेत, राजेश मिश्र, रोसन पुरी र सुवोध गौतमले उम्मेद्वारी दिएका छन् भने खुल्ला सचिवमा कमल पन्त, गोविन्दप्रसाद चौलागाईँ, जन्मदेव जैसी, नकुल अर्याल, यमप्रसाद शर्मा, रामकृष्ण ज्ञवाली, महिला सचिवमा निमा काफ्ले, सृजना अर्याल र नारायण सुन्दर किलम्बू लगायतले उम्मेद्वारी दिएका छन् ।

अध्यक्षका उम्मेद्वार विपुल पोखरेल, वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्ष बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम र महासचिवमा रोशन पुरी, सचिवमा गोविन्द चौलागाईं, महिला सचिवमा सिर्जना अर्याल, आदिवासी, जनजाती सचिवमा नारायण किलम्बु, मधेसी सचिवमा दीपेन्द्र चौहान, दलित सचिवमा हेमकर्ण विक संयुक्त गठबन्धनका उम्मेद्वार हुन्।

पत्रकार महासङ्घको २६ औँ महाधिवेशनमा नेपाल प्रेस यूनियन, प्रेस संगठन नेपाल लगायतको संयुक्त समुह र प्रगतिशील–व्यावसायिक–समावेशी–राष्ट्रवादी समुहका उम्मेद्वारबीच निर्वाचन हुँदैछ ।

पत्रकार महासंघमा उम्मेदवारी दिनेहरुको सूची

More News last news
Loading...