अन्ततः कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

काठमाडौँ । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ। मष्तिश्कघातका कारण उपचाररत जोशीको अन्ततः निधन भएको हो।

काठमाडौँको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८ः२४ बजे निधन भएको नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाले जानकारी दिए।

Advertisement

उनले भने, ‘शुक्रबार बिहानदेखि उहाँको मुटुको चाल चल्दै बन्द हुँदै गरिरहेको थियो, समस्या समाधानका लागि चिकित्सकको टोली प्रयासरत थियो’ तर प्रयास असफल भयो।’

फागुन १४ गते घरमै स्वास्थ्य समस्या देखिएपछि जोशीलाई वीर अस्पताल लगिएको थियो। वीर अस्पतालले उनलाई नर्भिकमा रेफर गरेको थियो ।

मष्तिष्कघातको समस्या देखिएपछि अस्पतालले सुरुदेखि नै भेन्टिलेटरको सहायतामा उपचार गरिरहेको थियो। जोशी पूर्वमन्त्री र पूर्वसांसद पनि हुन्।

More News last news
Loading...