काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रहरीले काँग्रेस कार्यकर्ताहरूलाई अनावश्यक दुःख दिन थालेको आरोप लगाएका छन्।
मंगलबार सुनसरीको धरानमा ५६ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा नेपाल दलित संघले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै देउवाले देशभर नेपाल प्रहरीको भूमिका राम्रो नभएको भन्दै खुलेरै विरोध गरेका हुन् ।
देशभरका जनता काँग्रेस हुने क्रमदैनिक बढिरहेको अवस्थामा प्रहरीले काँग्रेसमा प्रवेश गरेकालाई अनाहकमा पक्राउ गरी हिरासतमा राखेको आरोप लगाउँदै देउवाले प्रहरीले आचरण सुधार्नुपर्नेमा जोड समेत दिए ।
अहिले काँग्रेसलाई दुःख दिने प्रहरीलाई कांग्रेसको सरकार आएपछि ठेगान लगाउने चेतावनी देउवाको छ।
देउवाले काँग्रेस कार्यकर्तालाई अनावश्यक दुःख दिने प्रहरीको नाम, थर, ठेगाना र दर्जा समेत टिपेर केन्द्रीय कार्यालयमा पठाउन समेत कार्यकर्तालाई निर्देशन दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
