काठमाडौँ । कोरोना भ्याक्सिन लगाएका घोराही उपमहानगरपालिका ३ का वडा अध्यक्ष माधबप्रसाद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
वडा अध्यक्ष चौधरीले गत फागुन २६ गते कोरोना बिरुद्धको खोप समेत लगाएका थिए। वडा अध्यक्षलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि घोराही उपमहानगरपालिका ३ को कार्यालय बन्द गरिएको छ।
गत राइतबार वडा अध्यक्ष माधबप्रसाद चौधरी र उनकी श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएपछि १३ गते सम्मका लागि वडा कार्यालय बन्द गरिएको हो।
वडा अध्यक्षलाई अहिले भैरहवा स्थित कोरोना विशेष अस्पतालको आइसियूमा भर्ना गरिएको छ भने श्रीमती घरकै आइसोलेशनमा रहेको शहरी स्वास्थ्य केन्द्र झिङनीका इन्चार्ज गोपीलाल वलीले जानकारी दिए।
ज्वरो आउने, घाँटी दुख्ने र पखाला लाग्ने समस्या देखिएपछि वडा अध्यक्ष दम्पत्तीले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा पिसिआर जाँच गराएका थिए।
खोप लगाएको २ हप्तासम्म रोग सँग लड्न सक्ने क्षमता तयार नहुने भएकाले संक्रमणको जोखिम रहने जनस्वास्थ्य बिज्ञहरुको भनाइ छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
