भारतबाट फर्किएका नेपालीमा कोरोना पुष्टि, यूके भेरियन्ट हुन सक्ने आशंका

काठमाडौँ । नेपालको सुदूरपश्चिम प्रदेशमा भारतबाट आएका नेपालीमा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार भारतबाट नेपाल फर्किएका एक जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएपछि उच्च सतर्कताका साथ सीमा नाकामा परीक्षण शुरु गरिएको हो।

Advertisement

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार विभिन्न १४ नाकाबाट एक हजार दुई सयजना नेपाल प्रवेश गरेका छन्।

त्यस्तै, शुक्रबार एक हजार ३४ जना प्रवेश गरेका थिए। नेपाल प्रवेश गरेकामध्ये कोभिडसँग लक्षण मिलेकाहरूको मात्रै एन्टिजेन परीक्षण भएको छ।

भारतमा नयाँ प्रजातिको भाइरस देखिएका बेला त्यहाँबाट नेपाल प्रवेश गरेका नागरिकमा पनि देखिन थालेको भन्दै महाशाखाका निर्देशक डा. पौडेलले दोस्रो वेभको जोखिम बढेको बताए ।

हाल भारतलगायत विश्वका धेरै देशहरूमा यूके भेरियन्ट देखिएको छ। त्यसैले सीमामा पोजेटिभ देखिएकामा पनि युके भेरियन्ट हुन सक्ने आशंका पनि गरिएको छ।

चिकित्सकहरूले नयाँ भेरियन्टको फैलावट तीव्र गतिमा भएको र मृत्यु पनि सोहीअनुसार हुने भन्दै स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न आग्रह गरेका छन्।

सरकारद्वारा भीडभाड गर्न प्रतिबन्ध

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै भीडभाड हुने कार्य नगर्न र स्वास्थ्य मापदण्ड अपनाउन निर्देशन दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सूचना जारी गदै सभा जुलुस गर्नमा रोक लगाएको हो। भारतमा कोरोनाभाइरस संक्रमण दर बढेपछि नेपालमा पनि संक्रमण फैलिने सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले यस्तो निर्णय गरेको हो।

नेपालमा संक्रमण बढ्न सक्ने भन्दै सभा, जुलुस, र्‍याली, भेला, गोष्ठी, बैठक र भीडभाड हुने व्यवसाय र कार्य नगर्न र सामाजिक–भैतिक दूरी राख्नुका साथै मास्कको अनिवार्य प्रयोग गर्न मन्त्रालयले अनुरोध गरेको हो।

More News last news
Loading...