सत्ता होइन व्यवस्था जोगाउनु महत्वपूर्ण हो, व्यवस्था बँचे सत्ता पटक पटक आउँछ : रामचन्द्र पौडेल

काठमाडौँ । आफ्नौ मौलिकता नबुझेपछि दुख हुन्छ । अहिले कतै काँग्रेसले आफ्नो मौलिकता विर्सेर दुख पाएको हो कि भन्ने मलाई लागेको छ । कांग्रेसले क्रान्तिको सुरुवात श्रमको सम्मान गर्ने आन्दोलन थालेर भएको थियो।

विराटनगरको मजदुर आन्दोलन होस किन पहाडमा ब्राम्हणले हलो जोत्न सुरु गरेको होस, यी दुवै श्रमको सम्मान गर्ने आन्दोलन हुन् । यो सन्देशलाई र यो मौलिकतालाई कांग्रेसले अहिले भुलेर दुख पाएको हो कि जस्तो लागेको छ । आफ्नो पहिचानलाई बिर्सेर हामी भड्किरहेका छौँ।

Advertisement

२०१५ सालमा आफ्ना मौलिकता अगाडि सारेर दुईतिहाइ मत ल्याएको थियो । तर जति पछि भयो त्यती आफ्ना एजेण्डालाई कांग्रेसको पहिचानलाई भुल्न लागेकाले कमजोर भएको हो । कांग्रेसले अब एकपटक आत्मासमिक्षा गर्न जरुरी छ।

कांग्रेस समान्तवादका विरुद्ध, शोषणका विरुद्धमा जन्म भएको हो । ठालुतन्त्रका विरुद्धमा कांग्रेस जन्मेको हो । निमुखा अन्यायमा परेका जनताको आवाज हो भनेर कांग्रेसको जन्म भएको थियो । यो मौलिकता धानेर राख्न सकेको भए हामीसंग प्रतिष्पर्धामा आउन नै सक्दैनथे । अहिले कम्युनिष्ट बढेका हैनन् कांग्रेस घटेको हो । हामीले हाम्रा एजेण्डा छोड्दै जाने कम्युनिष्टहरुले समात्दै जाने भयो । अनि हामी घट्दै गयौँ।

कांग्रेस मजदुरको पार्टी श्रमिकको साथी भन्ने नारालाई व्यवहारमा उत्रार्न सकेको भए कांग्रेस घट्दैनथ्यो । हामीले नीति तथा कार्यक्रममा समेट्न सकेको भए अहिले यो अवस्था आउदैनथ्यो । यसको मतलब हामीले समाजवादलाई वास्तविक रुपमा उतार्ने प्रयास गरेनौँ। सत्तामा गएका बेलामा हामीले समाजवादलाई उतार्ने प्रयास गर्न सकेनौ । नीति निर्माणका बेलामा ध्याने दिने हो भने कांग्रेसलाई दुख पर्दैन्।

अहिले सवैभन्दा ठूलो कुरा भनेको हामी व्यवस्थाका लागि ७० वर्ष लड्यौ । अहिले हामीले त्यो व्यवस्था जोगाउने दायित्व र जिम्मेवारी छ । गिरिजाबाबुले प्रतिनीधिसभा पुनःस्थापना भन्दा अरु विकल्प देख्नुभएको थिएन ।

यही मात्रै हो जनताको हातमा अधिकार जनताको हातमा सत्ता आउन जनताको सत्ता आउनुपर्छ भन्नेमा गिरिजाबाबु हुनुभयो ।

संसद पुनःस्थापना भएपछि सार्थक बनाउने काममा कांग्रेसले अग्रसरता लियो । त्यही प्रतिनीधिसभाबाट आज राजा हटायो । समावेशी लोकतन्त्र र संघीय गणतन्त्रको जग बसालेको हो।

अहिले प्रतिनीधिसभा पुनस्थपनाका बारेमा मतान्तर भयो । केहि पुनःस्थापनाको पक्षमा वकालत गरियो । केहि साथीहरुले चुनाव नै महत्वपुर्ण हो । चुनाव भन्ने साथीहरुले अदालतका बारेमा बोल्नुहुँदै भनेर भन्नुभयो । तपाईहरुले दुईवटा कुरा आए भन्नुभयो। हो दुईवटा कुरा आएपछि कांग्रेसका कार्यकर्ताहरुले जजमेन्ट गर्नुपर्यो । दुईवटा विषय आएपछि जजमेन्ट कांग्रेसका कार्यकर्ताहरुले कुन विचार ठिक थियो भनेर गर्नुपर्यो।

अदालतले पुर्नस्थापना गरिदिएपछि पनि चुनाव भन्ने सुनिन थालेको छ । अहिले संसदीय वव्यवस्था असफल बनाउने कोशिश भइरहेका छ । संसदीय व्यवस्था हाम्रो आर्दश हो । कम्युनिष्ट र दक्षिणपन्थीहरुले संसदीय व्यवस्थाका विरुद्धमा छन् ।

दक्षिणपन्थीहरु संसदीय व्यवस्थालाई विदेशीको व्यवस्था भन्छन, कम्युनिष्टहरु संसदीय प्रणालीलाई वुर्जवा व्यवस्था भन्छन् । संसदीय प्रणाली त कांग्रेसको आर्दश हो । अहिले यो संसद र संसदीय प्रणालीलाई बचाएर जानुपर्छ । अहिलेको प्रहार भनेको संसदीय व्यवस्थामाथि प्रहार भइरहदा यसैलाई मलजल गर्ने कि निस्तेज बनाउन लाग्ने हो।

अहिले पनि चुनावको कुरा गर्ने हो । कम्युनिष्टहरु दुईतिन तिर भएका बेलामा यहि संसदबाट विकल्प दिनुपर्ने हो । संसदमा प्रहार गर्यो । यो संविधानलाई नै फाल्ने कोशीश गर्नेलाई पाखा लगाउने प्रयासमा कांग्रेस लाग्नुपर्छ कि पर्दैन् । लोकतन्त्र बचाउने काममा कांग्रेस लाग्नुपर्ने हो कि होइन ?

अहिले पनि हाम्रा साथीहरु चुनाव चुनाव नै भन्दै हुनुहुन्छ । संसद् विघटन गर्ने कुनै अधिकार नै छैन् । फेरि किन मंसिरमा चुनाव भनिदैछ । हामीले अहिले चुनाव हैन यही संसदलाई उपयोग गरेर यो व्यवस्था जोगाउने हो । अदालतको फैसलाले फेरि पाँच वर्ष नपुगी संसद फाल्न दिंदैन्।

More News last news
Loading...