निरंकुश बन्दै केपी ओलीः पार्टी सञ्चालनमा सर्वेसर्वा !

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय समिति वैठकले पार्टी सञ्चालनको सम्पूर्ण अधिकार अध्यक्षमा निहीत हुने निर्णय गरेको छ ।

बैठकले प्रजातान्त्रिक पार्टीको मर्म विपरित संघिय तथा प्रदेश सभाका समानुपातिक सांसदहरूको बन्द सूचीमा रहेको नाम हटाउने, राख्ने या हेरफेर गर्ने सबै अधिकार अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई प्रत्यायोजन गरेको छ ।

Advertisement

पार्टी केन्द्रीय कमिटी तथा मातहत कमिटीको सदस्यहरूको बिदाइ, मनोनयन तथा कार्बाही गर्ने अधिकार पनि अध्यक्ष ओलीलाई प्रत्यायोजन गरिएको छ ।

बैठकले अदालत, निर्वाचन आयोग र अन्य आधिकारिक निकायमा पार्टीको तर्फबाट गर्ने सबै कामका लागि पार्टी अध्यक्षलाई अख्तियारी दिने निर्णय गरेको छ । बैठकले एमाले केन्द्रीय कमिटी बैठकले संसदीय दलको संशोधित विधान सुझावसहित पारित समेत छ।

शनिवार बिहान बसेको दलको बैठकबाट पास भएको विधानलाई केन्द्रीय कमिटी बैठकले पारित गरेको हो । दलको विधान परिमार्जनसहित पारित गरिएको मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । दलको विधान संशोधन लगायतका ओली समूहका निर्णयमा खनाल नेपाल समूहले भने असन्तुष्टि जनाएका छन् । खनाल–नेपाल समूहले ओलीले बोलाएका बैठक बहिष्कार गर्दै आएका छन् ।

यस्तै, बैठकले महाधिवेशन आयोजक कमिटी गठन गरेको छ । शनिवार बसेको बैठकले १० औं राष्ट्रिय महाधिवेशनका आयोजक कमिटी गठन गरेको हो । बैठकले हाल २ सय ६४ सदस्यीय कमिटी स्वतः आयोजक कमिटी बनाउने निर्णय गरिएको छ । अध्यक्ष र महासचिव आयोजक कमिटीको अध्यक्ष र महासचिव हुनेछ भने अन्य पदाधिकारी नहुने निर्णय गरिएको छ ।

More News last news
Loading...