प्रतिनिधिसभाको बैठकमा आज दोस्रो तहका नेताहरुले बोल्ने

काठमाडौं । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । यसअघिका बैठक झै आजको बैठक पनि ठोस उपलब्धी विनाको हुने देखिएको छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वटा आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

Advertisement

प्रधानमन्त्री ओलीले लोकसेवा आयोगको ६१ औं वार्षिक प्रतिवेदन २०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यस्तै आजको बैठकमा पूर्व राष्ट्रियसभाका सदस्य एवम् संविधानसभाका सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूचीसमेत रहेको सचिवालयले निकाले जनाएको छ । कोइरालाको ७१ वर्षको उमेरमा गएको बुधबार निधन भएको थियो ।

सर्वोच्च अदालतको फैसलासँगै प्रतिनिधिसभा पुनःस्थापनापछि अहिलेसम्म तीन वटा बैठक बसेको भए पनि तीनवटै बैठक उपलब्धिविहीन बनिरहेको छ ।

दिउँसो १ बजेपछि बस्ने आजको बैठकमा दोस्रो तहका नेताहरुले बोल्ने कार्यक्रम रहेको छ ।

आजै संघीय संसद अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्ने भएको छ । बैठक दिउसो ३ बजेपछि दिगो बिकास तथा सुशासन समितिको हल, सिंहदरबारमा बस्ने तय भएको छ ।

त्यसैगरी कानून, न्याय तथा मानव अधिकार समितिको बेैठक पनि विहान ११ बजेपछि बस्ने संसद सचिवालयले जनाएको छ ।

More News last news
Loading...