ओलीले गरे सर्वदलीय बैठकमा यस्तो प्रस्ताव, बोल्दै नबोली निस्किए देउवा र प्रचण्ड

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको सर्वदलीय बैठक सम्पन्न भएको छ।

आज (मंगलबार) अपरान्ह ४ बजे बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यो संसद्ले निकास नदिने भन्दै प्रतिनिधिसभा विघटन गरेर चुनावमा जानुपर्ने प्रस्ताव राखेका थिए। प्रधानमन्त्रीले ‘यो संसदले निकास दिन सकेन, संसद् विघटन गरौं।

Advertisement

निर्वाचनबाटै समस्याको समाधान खोजौं’ भन्ने धारणा राखेका एक नेताले जनाए। यसअघि पनि आफूले निकास ननिस्किने देखेर नै संसद् विघटन गरेर चुनावको मिति घोषणा गरेको प्रधानमन्त्री ओलीको स्पष्टोक्ति थियो।

बैठकमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, काँग्रेस उपसभापति विमलेन्द्र निधिले राष्ट्रपति भण्डारीको भूमिका तटस्थ हुन नसकेको भनेर उनकै सामू आलोचना गरेका थिए।

नेताहरुले राष्ट्रपति भण्डारीको यही चैत्र ९ र १० गते हुने बंगलादेशको दुई दिने भ्रमणको सफतालको शुभकामना दिएका थिए।

आजको बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने नबोलेको बुझिएको छ।

More News last news
Loading...