यी हुन ओलीले एमाले केन्द्रीय सदस्यमा मनोनित गरेका २३ पूर्व माओवादी नेताहरु

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज पूर्व माओवादी केन्द्रबाट एमालेमा समाहित भएकाहरुलाई महत्वपूर्ण जिम्मेवारी दिएका छन्।

आज (शुक्रबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एमाले ओली पक्षको केन्द्रीय कमिटी बैठकले रामबहादुर थापा बादलसहित २३ जना पूर्व माओवादी नेताहरुलाई एमालेको केन्द्रीय सदस्यमा मनोनित गरेको छ।

Advertisement

ओली पक्षको बैठकले केन्द्रीय सदस्यमा मनोनित गरेका पूर्व माओवादीहरुमा रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणिचन्द थापा, गौरीशंकर थारु, दावा लामा, टंक आङबुहाङ, पासाङ शेर्पा, ज्वाला साह, टेकबहादुर बलामी, कमल जंग, मनोज थापा, विषमलाल अधिकारी, लीलाबहादुर थापा, दधिराम न्यौपाने, दिनेश पन्थी, नवीन रोका, धर्मराज रेग्मी, डम्बर विष्ट, झपट बोहरा र चन्द्रबहादुर खड्कालाई मनोनीत गरिएको हो।

More News last news
Loading...