काँग्रेस र माओवादीको सरकारमा जान जसपा खुल्ला छ : उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले काँग्रेस र माओवादीको सरकारमा जान पार्टी खुल्ला रहेको बताएका छन्।

बुधबार संघीय संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै असंवैधानिक कदम र प्रतिगमन कदम चाल्नेलाई सत्ताबाट हटाउन पार्टीको मूल ध्येय भएको बताउँदै यादवले ओली नेतृत्वको सरकारमा जाने जसपाको कुनै योजना नरहेको स्पष्ट पारे।

Advertisement

उनले प्रधानमन्त्रीसँग सरकारका बिषयमा नभएर रेशम चौधरीलाई रिहाई गर्ने विषयमा भएको तर्क गरे। जसपाले लोकतन्त्र र संघीयताको रक्षा गर्ने शक्तिसँग मात्र सहकार्य गर्ने भन्दै उनले त्यो शक्ति नेकपा एमाले नभएको तर्क गरे।

सोमबार र मंगलबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले नयाँ सरकार बनाउने विषयमा गोप्य छलफल गरेसँगै जसपा भित्र स्पष्ट दुई खेमा देखिएको छ ।

तत्कालिन संघीय समाजवादी पक्ष ओली नेतृत्वको सरकारलाई बर्हिगमन गर्नुपर्ने अडानमा छ भने तत्कालिन राजपा पक्ष ओली नेतृत्वकै सरकारमा जान लचक देखिएको छ ।

More News last news
Loading...