कर्णालीमा दिदी–बहिनीको शव भेटियो, ४ छोरा–छोरी र आमा कर्णालीमा हामफालेको आशंका

काठमाडौँ । कर्णाली नदीमा दुई दिदीबहिनीको शव भेटिएको छ । हात बाँधिएको अवस्थामा उनीहरुको शव भेटिएको हो ।

प्रहरीकाअनुसार स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीमा खबर गरेका थिए । दैलेखको आठबिस नगरपालिका–३ का मानसिंह बडुवालकी १६ वर्षकी छोरी कल्पना र १२ वर्षकी छोरी सरिताको शव हिजो बेलुकी भेटिएको हो।

Advertisement

कल्पना र सरितासहित आमा र एक भाइ एक जना बहिनी गरी पाँच जना नै कर्णाली नदी हामफालेको आशंका गरिएको छ ।

दुई जनाको शव भेटिए पनि ३ जना सम्पर्कविहीन छन् । हराइरहेकाहरुको बिहानैदेखि खोजी थालिएको आठबिस नगरपालिकाका-३ का वडाअध्यक्ष प्रयागबहादुर शाहीले जानकारी दिए ।

उनकाअनुसार आमाले चार जना छोराछोरीलाई लिएर कर्णालीमा हामफालेको आशंका गरिएको छ । दैलेख र अछामको बीचमा पर्ने पुलमा पाँच जोर चप्पल भेटिएकाले पनि पाँचै जना कर्णाली हामफालेका आशंका गरिएको उनले बताए ।

घरायसी झगडाका कारण यो घटना भएको हुनसक्ने अनुमान गरिएको छ। प्रहरीले श्रीमान मानसिंह बडुवाललाई हिरासतमा राखेर सोधपुछ गरिरहेको छ। कामका लागि भारत गएका मानसिंह गत मङ्सिरमा मात्रै घर फर्किएका थिए ।

More News last news
Loading...