अन्यौलमा सामुदायिक रेडियो प्रसारक संघको अधिवेसन, रातारात स्थगनको विज्ञप्तिले हंगामा

काठमाडौँ । सामुदायिक रेडियो प्रसारक संघ (अकोराव)को सातौँ अधिवेसन स्थगन गरिएको भन्दै अध्यक्ष सुवास खतिवडा र महासचिव गोविन्द देवकोटाले निर्वाचनको पूर्व सन्ध्यामा विज्ञप्ति जारी गरेपछि निर्वाचन अन्यौलमा परेको छ।

निर्वाचनको पूर्व सन्ध्यामा अध्यक्ष खतिवडा र महासचिव देवकोटाले विज्ञप्ती जारी गर्दै अधिवेशन स्थगन गरिएको सूचना गराएका थिए।

Advertisement

संघका पराधिकारीलाई केही व्यक्तिले कार्यालयमै आएर धम्काएको र असुरक्षाको वातावरण सिर्जना भएको भन्दै अधिवेसन स्थगित गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

उता निर्वतमान अध्यक्ष मोहन चापागाँइ र सल्लाहकार किशोरजंग थापा लगायतको टोलीले भने अधिवेशन स्थगित भएको घटनाप्रति ध्यानाकर्षण गराएको छ।

देशभरबाट सामुदायिक रेडियोका प्रतिनीधिहरु काठमाडौँ आइसकेको अवस्थामा कपोलकल्पीत भ्रामक कारण देखाइ अधिवेशन स्थगन गर्ने दुसप्रयास लोकतान्त्रीक समाजका लागि सह्य हुन नसक्ने उक्त टोलीको निष्कर्ष छ।

जारी विज्ञप्तिमा भनिएको छ, संस्थाको प्रतिष्ठा गरिमा समेतमा आँच आउने गरि गरिएको यस प्रकारको अवैधानीक कृयाकलाप कुनै हालतमा स्वीकार्य हुन सक्दैन।

अधिवेशनको नियमित कार्यक्रम तोकिएकै मिती, समय र स्थानमा सुचारु हुने भएकाले उक्त स्थगनको भ्रममा नपर्न पनि सबै सदस्य रेडियो स्टेशनका प्रतिनीधिलाई उक्त विज्ञप्ती मार्फत आह्वान गरिएको छ।

अधिवेशन तोकोएकै मितिमा सुरु गर्ने पक्षमा रहेका पदाधिकारीको नाम

मोहन चापागाँइ, निर्वतमान अध्यक्ष
किशोरजंग थापा, सल्लाहकार
अर्जुन गिरी, बरिष्ठ उपाध्यक्ष
निमेश कर्ण, उपाध्यक्ष
भुवन सिंह, उपाध्यक्ष
वन्दना दनुवार, सचिव
भुमिराज चापागाई, लेखा समिती संयोजक
रमेश जोशी, विज्ञ सदस्य
सरोज पौडेल, विज्ञ सदस्य
केपी घिमिरे, अध्यक्ष, लुम्वीणी प्रदेश
अशोक दत्त, अध्यक्ष, प्रदेश नं. २
दिर्घराज उपाध्याय, अध्यक्ष, सुदुर पश्चिम
कृष्णहरि घिमिरे, अध्यक्ष, वाग्मती प्रदेश
शान्ति गुरुंग, अध्यक्ष, गण्डकी प्रदेश
बिष्णु अवस्थी, सदस्य
ध्रुवराज ढकाल, सदस्य
टिकाजंग थापा, सदस्य
उमेश सुनुवार, सदस्य
अजय यादव, सदस्य
सुक्रराज भण्डारी, सदस्य
राम भरोषी महतो, सदस्य
ललिता कुष्मी, सदस्य

More News last news
Loading...