काठमाडौँ । केपी शर्मा ओली समूहबीच बालुवाटारमा छलफल भइरहेको छ। प्रचण्ड-माधव पक्षबीच पेरिसडाँडामा स्थायी कमिटी बैठक चलिरहेको बेला बालुवाटारमा ओली समूहले आन्तरिक छलफल गरिरहेको हो।
छलफलमा रामबहादुर थापा, ईश्वर पोखरेल, विष्णु पौडेल लगायतका नेताहरु रहेको बालुवाटार निकट स्रोतले जानकारी दियो।
सर्वोच्च अदालतले आइतबार केपी ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपा खारेज गरी साविक नेकपा एमाले र माओवादीलाई अस्तित्वमा फर्काइदिएको छ।
साविकको एमाले र माओवादी केन्द्रमा रहेका नेताहरु को कतातिर लाग्ने र कसरी अगाडि बढ्ने भन्नेबारे छलफल भइरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
