प्रचण्ड–नेपाल पक्षको बहिस्कार र काँग्रेसको विरोधपछि संसद् बैठक स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक बुधबार १ बजेसम्मका लागि स्थगित भएको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र जसपाका सांसदहरुको विरोधका कारण सभामुख अग्नि सापकोटाले सूचना टाँसेर बैठक स्थगित गर्नुभएको हो।

Advertisement

पुनस्थापित प्रतिनिधि सभाको पहिलो बैठक नै नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले बहिष्कार गरेको थियो। बैठकमा संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याएको भन्दै काँग्रेसले विरोध गरेको थियो।

काँग्रेसले संविधानको मर्म विपरित ल्याएको संबैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्न माग गर्दे रोष्टम घेराउ गरेको थिय । काँग्रेस सांसदहरुले प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेका थिए।

उनीहरुले आफ्नो आसनबाट उठेर वेल घेराउ गर्दै नाराबाजी गरेपछि सभामुख अग्नि प्रसाद सापकोटाले १० मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

त्यसपछि पनि सहमतिमा पुग्न नसकेपछि सभामुख सापकोटाले २६ गते १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

More News last news
Loading...