प्रचण्ड-नेपाल समुहले बुझायो दलको नेता चयन गरेको पत्र सचिवालयमा दर्ता

काठमाडौँ । नेकपाको दाहाल–नेपाल समूहको संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएको जानकारीसहितको पत्र संसद सचिवालयमा दर्ता भएको छ।

आफूहरुको संसदीय दलको बैठकले केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट कारबाही गरेको र पुष्पकमल दाहाल प्रचण्डलाई नेता चयन गरेको पत्र संसद सचिवालयमा दर्ता गराएको छ।

Advertisement

नेकपाको दाहाल नेपाल समूहका सांसदहरुले संसदका महासचिव भरतराज गौतमको कार्यकक्षमा पुगेर पत्र दर्ता गराएका हुन्।

लामो समयको विवादपछि दाहाल नेपाल समूहको जानकारी पत्र संसद सचिवालयमा दर्ता भएको हो।

यसअघि महासचिवले कानुनी सल्लाह लिएर अगाडि बढ्ने अडान लिएका थिए। तर दाहाल-नेपाल समूहका सांसदहरुले पत्र दर्ता गर्नुपर्ने वा दर्ता नगर्नुको कारण दिनुपर्ने बताएका थिए।

More News last news
Loading...