फेरि ३ लाख ४८ हजार डोज कोरोना खोप भोलि नेपाल आउँदै

काठमाडौँ । ३ लाख ४८ हजार डोज कोरोनाविरुद्धको खोप आइतबार नेपाल आइपुग्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कोभ्याक्समार्फत आइतबार उक्त परिमाणको खोप काठमाडौँ आइपुग्ने जानकारी दिए।

युनिसेफ र विस्व स्वास्थ्य संगठन नेपालको सहयोगमा स्वास्थ्य तथा जनसॅख्या मन्त्रालयले काठमाडौँमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सचिव अर्यालले कोभ्याक्समार्फत आउने कुल २२ लाख डोज खोपमध्ये ३ लाख ४८ हजार डोज खोप आउन लागेको बताए।

Advertisement

चीनले दिने भनेको ८ लाख खोप पनि चाँडै आउने उनले बताए। ‘चीनले दिएको ८ लाख डोज कोरोनाविरुद्धको खोप पनि चाँडै आउँछ, यसका लागि परराष्ट्रसँग कुरा भइरहेको छ’ सचिव अर्यालले भने।

More News last news
Loading...