सगरमाथा आरोहण गर्न बहराइन राजपरिवारका सदस्यसहित १६ जना नेपाल आउने निश्चित

काठमाडौँ । सर्वोच्च शिखर सगरमाथा आरोहणको लागि बहराइन राजपरिवारका एक सदस्यसहित १६ जनाको टोली पुनः दोश्रो पटक नेपाल आउने निश्चित भएको छ।

बहराइनस्थित नेपाली राजदूतावासले जारी गरेको प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी गराएको हो । उक्त टोली आगामी मार्च १५ अर्थात् चैत्र २ गते नेपाल आउने भएका हुन्।

Advertisement

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दाससँग आज दूतावासमा सो आरोहण दलका सदस्यहरुले भेट गर्दै उक्त जानकारी गराएका हुन्। सगरमाथा आरोहणका लागि आवश्यक तयारी भइरहेको दूतावासले जानकारी दिएको छ।

सो टोलीले सन् २०२० को अक्टोबरमा मनास्लु हिमाल र लोबुचे हिमाल सफलतापूर्वक आरोहण सम्पन्न गरेको थियो।

More News last news
Loading...