५० लाख डोज कोरोनाविरुद्धको खोप खरिद प्रक्रिया शुरु

काठमाडौँ । सरकारले ५० लाख डोज कोरोना भाइरसविरुद्धको खोप खरिद प्रक्रिया शुरु गरेको छ। स्वास्थ्य सचिव लक्ष्मण अर्यालले यसबारे जानकारी दिएका हुन्।

आज प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समिति अन्र्तगतको उपसमितिमा बोल्दै उनले ५० लाख डोज खोप किन्ने प्रक्रिया शुरु गरिएको बताएका हुन्। उनले खोपको अभियानलाई अगाडि बढाउन खरिद गर्न लागिएको बताए।

Advertisement

भारतबाट अनुदानको खोप आइसकेको छ। चीन र बेलायतबाट पनि अनुदानको खोप आउने क्रममा छ। यी बाहेक सरकारले ५० लाख डोज खोप खरिद गर्न लागेको हो।

एक करोडभन्दा बढी डोज खोप जम्मा गरी खोप अभियानलाई गति दिइने जानकारी दिइएको छ। स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमन सिंहले जेष्ठ नागरिकबाट खोप अभियान शुरु गर्ने जानकारी दिए।

More News last news
Loading...