काठमाडौँ । काडमाडौँको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा प्रचण्ड–नेपाल र ओली पक्षका विद्यार्थीबीच झडप भएको छ।
झडपमा संलग्न प्रचण्ड-नेपाल पक्षका नेताहरू शिशिर वस्याल र मिनराज पान्डेलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले बताए।
आज बिहान प्रचण्ड–नेपाल समूह निकटका विद्यार्थी नेताहरुले क्याम्पस हाताभित्र सोधपुछ कक्ष निर्माण गरेका थिए। सोधपुछ कक्षमा टाँगिएको ब्यानर ओली पक्षधरका नेताले च्यातेपछि विवाद उत्पन्न भएको थियो।
एसएसपी सिंहका अनुसार दुवै पक्षका विद्यार्थी नेताहरुलाई छलफलका लागि बोलाइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
