कांग्रेसका पूराना नेता तथा पूर्व सांसद उप्रेतीको निधन

काठमाडौँ । नेपाली कांग्रेस झापाका पुराना नेता एवं पूर्व सांसद डा शंकरप्रसाद उप्रेतीको शनिबार राती काठमाडौँमा निधन भएको छ।

विसं २०४६ सालको परिवर्तनपछि नेपाली कांग्रेसका तर्फबाट ६ वर्षसम्म राष्ट्रिय सभाका सदस्य रहेका स्वर्गीय उप्रेतीले पञ्चायत विरोधी आन्दोलनका क्रममा पटक-पटक जेल जीवन भोगेका थिए।

Advertisement

नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका उप्रेतीले चिकित्सकका रुपमा विसं २०१८ सालमा कैलालीको धनगढीबाट सेवा शुरु गरेर, पछि भोजपुर हुँदै झापाको शनिश्चरेमा आफ्नै घरमा क्लिनिक स्थापना गरेर करिब ५० वर्षको अवधिमा लाखौं जनाको उपचार गरेका थिए।

आर्थिक रुपले सामान्य स्थितिमा रहेका जो कोहि नागरिकले उनीबाट निःशुल्क उपचार पाएका थिए। प्रसिद्ध साहित्यकार प्राडा सञ्जिव उप्रेतीका पिता डा शंकरप्रसाद उप्रेतीको निधनप्रति सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन्।

उनले लेखेका छन्, ‘उहाँको निधनबाट मैले एक पुरानो साथी, पार्टीले एक निष्ठावान अग्रज र समाजले अथक समाजसेवी गुमाएको छ। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। आत्माको चिर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट सभापति देउवाले गहिरो समवेदना प्रकट गर्दछु।’

More News last news
Loading...