काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आन्दोलनरत पक्षकी नेत्री रामकुमारी झाँक्रीले नेपाल ‘अनैतिक’ व्यक्ति शासक भएको मुलुक भएको बताएका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत नेतृ झाँक्रीले नेपाली नागरिक अनैतिक शासकबाट शासित हुन विवश भएको टिप्पणी गरेकी हुन् ।
संसद् पुनर्स्थापनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आवाज उठिरहेका बेला नेत्री झाँक्रीको यस्तो टिप्पणी आएको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीमाथि व्यक्तिगत लाञ्छाना लगाएको आरोपमा केही दिनअघि नेतृ झाँक्रीलाई प्रहरीले हिरासतमा लिएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
