कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात

काठमाडौँ । कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि गएराति उनलाई वीर अस्पताल लगिएको थियो। आज बिहान भने उनलाई थप उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको जोशीको पारिवारिक स्रोतले जनाएको छ।

Advertisement

स्रोतका अनुसार जोशीको मस्तिष्कमा रगत जमेको छ। उनको शल्यक्रियाको तयारी भइरहेको छ।

More News last news
Loading...