ओली पक्षका कार्यकर्तालाई आफ्नो पक्षमा आउन प्रचण्ड-नेपालको आह्वान

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहले ओली समूहमा रहेका नेता तथा कार्यकर्ताहरुलाई आफ्नो पक्षमा आउन आह्वान गरेको छ।

विभिन्न दवाव र प्रभावमा परेर ओली समूहमा लागेकाहरुलाई आफ्नो पक्षमा आउन अहिले राम्रो मौका भएको प्रचण्ड नेपाल पक्षको दावी छ।

Advertisement

प्रचण्ड नेपाल पक्षको स्थायी कमिटीको बैठकले प्रधानमन्त्रीको कदम ठिक की बेठिक भन्ने अन्यौलताका कारण यो बीचमा जता जता रहेपनि अव त्यो कदम बेठिक थियो भन्ने प्रमाणि भएकाले अव बेठिक थियो भन्नेहरुको पक्षमा उभिन आह्वान गरेको हो।

सर्वोच्च अदालतको फैसलाले अन्यौलता चिरेकाले अव अन्यौलमा नरहन र आफुहरुको पक्षमा आउन आह्वान गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

“पार्टीका जति कमरेडहरू भ्रममा परेर वा अन्य कारणले फुटवादी गुटमा र प्रतिगामी गुटमा लाग्नुभएको थियो, ती सबै साथीहरूलाई मूल पार्टीमा नै फर्केर आ–आफ्नो जिम्मेवारी लिन पनि हामीले आह्वान गर्ने निर्णय गरेका छौँ,“ श्रेष्ठले भने।

More News last news
Loading...