प्रधानमन्त्री ओली राजीनामा दिन तयार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन तयार भएका छन्। अन्य दलहरुबीच छलफल गरेर ओलीले राजीनामा दिने तयारी गरेको बुझिएको छ।

बुधबार बालुवाटारमा बसेको ओली निकट स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा पनि ओली निकट नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले ओलीले राजीनामा दिन तयार रहेको संकेत गरेका थिए।

Advertisement

‘दलहरुसँग परामर्श र सुझावका आधारमा प्रधानमन्त्रीले निर्णय गर्नुहुन्छ। मुलुकलाई अन्योलमा राख्नु हुँदैन’ प्रवक्ता ज्ञवालीले भनेका थिए।

ओली पक्षको स्थायी समिति बैठक बिहीबार पनि बस्नेछ।

 

More News last news
Loading...