काठमाडौँ । लुकाइछिपाइ अवैधरुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको २६ हजार ३१० अमेरिकी डलरसहित एक जना बेलायती नागरिकलाई प्रहरीले आज पक्राउ गरेको छ।
कतार एअरवेजको उडानद्वारा काठमाडौँबाट दोहा हुँदै लण्डन जान लागेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५१ वर्षीय नेल वीलिम ग्रिनउडलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान कक्षमा झोला जाँच गर्दा लुकाइ राखेको अवस्थामा अमेरिकी डलर फेला परेको हो।
उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको प्रहरीले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
