सर्वोच्चको फैसलालाई स्वागत गर्दै देशभर दीप प्रज्ज्वलन (तस्बिरसहित)

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि काठमाडौंको शान्ति वाटिका र माइतीघर मण्डलामा दिप प्रज्ज्वलन गरिएको छ।

सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको खुसियालीमा नेकपा दाहाल–नेपाल समूह निकट अनेरास्ववियु, काँग्रेस निकट नेविसंघ, विवेकशील पार्टीले दीप प्रज्ज्वलन गरेका हुन्।

Advertisement

यस्तै, रत्नपार्कको शान्ति वाटिकामा नेकपा दाहाल-नेपाल समूह निकट अनेरास्ववियूले पनि सर्वोच्चको निर्णयलाई स्वागत गर्दै दीप प्रज्ज्वलन गरेको छ।

More News last news
Loading...