काठमाडौँ । ओली समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको साइबर सेना बनेर काम गर्ने निर्णय गरेको छ।
शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गरी संघका अध्यक्ष बचनबहादुर सिंहले माघ २५ र २६ गते बसेको संघको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको जानकारी दिए।
सामाजिक सञ्जालमा सरकार र प्रधानमन्त्री ओलीविरुद्ध भइरहेको गलत प्रचारलाई नियन्त्रण गर्ने काम साइबर सेनाले उनले बताए।
यस्तै, अध्यक्ष सिंहले आगामी चैत मसान्त भित्रमा ७७ वटै जिल्लामा युवा संघको कमिटी निर्माण गर्ने, संघीय निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र, पालिका तह र वडाहरूमा समन्वय कमिटी गठन गरी सुदृढ कमिटी प्रणाली स्थापित गर्ने निर्णय गरेको बताए।
दाहाल–नेपाल समूहको सत्ता मोहका कारण जनतामा निरासा छाइरहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको पार्टीले जनतालाई निरुत्साहित हुन नदिने समेत अध्यक्ष सिंहको भनाइ छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
