काठमाडौँ । नेपाली ग्रेसका युवा नेता प्रदीप पौडेलले प्रतिनिधि सभा विघटनका बारेमा पार्टीमा कुनै पनि प्रकारको भिन्न मत नभएको बताएका छन्।
नुवाकोट कांग्रेसको नवनिर्मित भवन उद्घघाटन समारोहलाई सम्बोधन गर्दै उनले प्रतिनिधि सभा विघटनका बारेमा कांग्रेसमा फरक–फरक मत नरहेको बताएका हुन्।
“पदाधिकारी बैठकले संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भनेको थियो। केन्द्रीय कार्यसमिति बैठकले पनि पदाधिकारी बैठककै निष्कर्षलाई पारित गरेको छ,” नेता पौडेलले भने, “बहुमतले होइन। सर्वसम्मत निर्णय गरेको हो। संसद् विघटनका बारेमा कांग्रेसमा फरक-फरक मत छैन।”
उनले काँग्रेस स. विधानवादमा विश्वास राख्ने पार्टी भएको प्रष्टिकरण दिँदै प्रतिनिधिसभा विघटनका विषयमा काँग्रेस कतै पनि नअल्झिएको जिकिर गरे।
नेता थापाले काँग्रेसले सर्वोच्च अदालततको स्वतन्त्रता र निष्पक्षतालाई कायम गर्ने काम गरेको भन्दै अदालतलाई काँग्रेसको मान्यता सुरक्षित गरिदिन पनि आग्रह गरे।
“म सम्माननीय अदालतका न्यायाधीशज्यूहरुलाई भन्न चाहन्छु शक्ति पृथकीकरणको सिन्द्धान्तलाई काँग्रेसले मान्दछ। अदालतको स्वतन्त्रता र निष्पक्षतालाई कायम गर्ने काम काँग्रेसले गरेको हो। त्यसैले कांग्रेसको मात्यतालाई तपाईंले सुरक्षित गर्दिनुस्,” उनले भने।
नेता पौडेलले अदालतले स. विधानको धाराभित्र बसेर फैसला गर्ने भन्दै प्रतिनिधिसभा पुनःस्थापना भएपछि सरकारको असंवैधानिक कदम सच्चिने पनि बताए।
“अदालतले पनि संविधानको धाराभित्र बसेर निर्णय गर्ने हो। अदालतले संविधान संशोधन गर्न मिल्दैन,” पौडेलले भने, “अदालतले संविधानभित्रै शब्दलाई प्रयोग गरेर निर्णय गर्ने हो। त्यसकारण यो असंवैधानिक कदम संसद् पुनःस्थापना पछि सच्चिने छ।”
उनले गणतन्त्र विरोधीले गणतन्त्रको नेतृत्व गरेका कारण मुलुक संकटमा फसेको पनि टिप्पणी गरे। “गणतन्त्रको नेतृत्व गणतन्त्र विरोधीले नेतृत्व गरेपछि फस्टाउने कुनै भएन,” नेता पौडेलले भने, “यो भनेको बदरलाई कमैबारी हेर्न लगाउनु जस्तो हो।”
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
