पछिल्लो २४ घण्टामा थप ९६ जना कोरोना संक्रमित थपिए

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार १६६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ६०३ रहेको छ।

Advertisement

पछिल्लो २४ घण्टामा थप १११ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६९ हजार ५०५ पुगेको छ।

उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो।

पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको निधन नभएको मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २ हजार ५८ रहेको छ।

More News last news
Loading...