काँग्रेस महाधिवेशन भदौ पहिलो साता गर्ने प्रस्ताव

काठमाडौँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन भदौ ७ , ८, ९ र १० गतेका लागि प्रस्ताव गरिएको छ।

आज बसेको काँग्रेस केन्द्रीय समिति बैठकमा केन्द्रीय महाधिवेशन भदौ ७, ८, ९ र १० गतेका लागि प्रस्ताव गरिएको हो। यस्तै असार २० गतेबाट तल्लो तहको अधिवेशन सुरु गर्ने प्रस्ताव गरेको छ।

Advertisement

बैठकमा काँग्रेस संस्था पन पक्षबाट प्रस्ताव पेस भएको छ। केन्द्रीय महाधिवेशन बाहेकको कार्यतालिकामा पौडेल पक्ष सहमत छैन। प्रस्तावमाथि आज छलफल सुरु भएको छ।

बैठकमा फागुन ५ बाट संविधानत सबै कार्यसमितिको पदावधिको समय ६ महिना थप्ने प्रस्ताव र म्याद सकिएका विदेशस्थित जनसम्पर्कको म्याद थप्ने प्रस्ताव गरिएको छ।

क्रियाशील सदस्यता बुझाउने अन्तिम मिति वडाले फागुन १२ गते पालिकालाई, १६ गते पालिकाले क्षेत्रीय कार्य समितिलाई, २८ गते क्षेत्रीय कार्य समितिले जिल्लालाई, चैत १० गते जिल्लाले केन्द्रीय समितिलाई बुझाउने प्रस्ताव बैठकमा गरिएको छ।

छानविन समितिले केन्द्रीय निर्वाचन समितिलाई अन्तिम सूची बुझाउनेछ। त्यस्तै निर्वाचन समितिले असार ५ मा केन्दीय पार्टी सभापति शेरबहादुर देउवालाई बुझाउने गरी प्रस्ताव बैठकमा पेस गरिएको छ।

तोकिएको मितिमा क्रियाशील सदस्यता नटुग्याउने कार्य समितिलाई महाधिवेशनमा सामेल हुन नपाउने वाध्यकारी प्रस्ताव समेत राखिएको छ।

More News last news
Loading...