महाधिवेशन सार्न आज नेपाली काँग्रेसको बैठक बस्दै 

काठमाडौँ । पार्टीको महाधिवेशन सार्नका लागि नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (बुधबार) बस्दै छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेपछि बैठक बस्ने तय भएको नेताहरुले जानकारी दिएका छन्।

यही फागुन ७ गतेदेखि महाधिवेश गर्ने तय गरेको काँग्रेसले महाधिवेशनका धेरै कामहरु गर्न नसकेकाले महाधिवेशन फेरी सानु परेको हो। यसअघि पनि पटक पटक महाधिवेशको मिति तोक्दै सार्दै आएको काँग्रेसले अब तोकेको मितिमा भने गर्नै पर्ने संवैधानिक दवाव रहेको छ।

Advertisement

चार बर्षे कार्यकाल सकिएपछि एक बर्ष म्याद थपेको काँग्रेसले थपिएको समयमा पनि महाधिवेशन गर्न नसकेपछि फेरी छ महिना थप गरेको छ। यस अवधिमा पनि अधिवेशन सम्पन्न गर्न नसकेमा पार्टी नै अवैध हुने निर्वाचन आयोगको दलसम्वन्धी ऐनमा व्यवस्था गरिएको छ।

कोरोनाभाइरसको महामारीलाई बाहना बनाउदै काँग्रेसले महाधिवेशनका कुनैपनि गतिविधि नगरेपछि महाधिवेशन हुन नसकेको हो। काँग्रेसले अहिलेसम्म पनि क्रियासिल सदस्यताको विषयलाई टुंगो लगाउन सकेको छैन भने स्थानीय तहमा पार्टीको अधिवेशन अन्यौलमा रहेको छ।

More News last news
Loading...