पछिल्लो २४ घण्टामा थप १२२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ८४० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ५८१ रहेको छ।

Advertisement

पछिल्लो २४ घण्टामा थप १४४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६९ हजार २०४ पुगेको छ।

उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो।

नेपालमा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ५५ पुगेको मन्त्रालयले जनाएको छ।

More News last news
Loading...