काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ववरमहल, काठमाडौँका नायव सुब्बा नरेन्द्र चन्द ८ हजार घुससहित पक्राउ परेका छन्।
सेवाग्राहीलाई शेयर पूजी बढाएको प्रमाण पत्र लिनको लागि लेखापढीको काम गर्ने रामबाबु दाहालमार्फत घुसलिएको अभियोगमा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो।
अख्तियार टोलीले दाहालले घुस चन्दलाई दिई सकेको अवस्थामा भाग परिसरबाट दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
