भोलि देशभर काँग्रेसको विरोध कार्यक्रम, विभिन्न जिल्लामा केन्द्रीय नेताहरुले सम्बोधन गर्ने

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली काँग्रेसले घोषणा गरेको तेस्रो चरणको अन्तिम विरोध सभालाई सभापति शेरबहादुर देउवासहित शीर्ष नेताले सम्बोधन गर्ने भएका छन्।

तेस्रो चरणको अन्तिम विरोध सभामा सहभागी हुन सभापति देउवा रुपन्देहीको बुटवल जाँदै छन् । यसैगरी काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल धादिङ सदरमुकाम धादिङवेसी, उपसभापति विमलेन्द्र निधि सप्तरी, महामन्त्री डा. शशांक कोइरालाले दाङको विरोध सभालाई सम्बोधन गर्दै छन् ।

Advertisement

यसैगरी, नेता कृष्णप्रसाद सिटौलाले झापा, प्रकाशमान सिंहले पोखरा, डा. शेखर कोइरालाले धरान, अर्जुननरसिंह केसीले काठमाडौं, डा. मिनेन्द्र रिजालले प्युठान, डा. रामशरण महतले काभ्रे, प्रवक्ता विश्वप्रकाश शर्माले ललितपुर, गगन थापाले चितवन, प्रदिप पौडेलले दैलेख, अर्जुन जोशीले भक्तपुर, गुरुराज घिमिरेले दोलखाको विरोध सभालाई सम्बोधन गर्ने छन्।

यसअघि तेस्रो चरणको कार्यक्रम अन्तर्गत पहिलो कार्यक्रम कांग्रेसले १९ माघमा  भ्रातृ संस्थाको नेतृत्वमा र दोस्रो २४ माघमा शुभेच्छुक संस्थाको नेतृत्वमा ७७ वटै जिल्लामा विरोध कार्यक्रम भएका थिए।

More News last news
Loading...