काठमाडौँ । चिनियाँ भन्सार यार्डका श्रमिकहरु ल्होसार छुट्टीमा गएपछि नेपाल-चीनबीचको दुईवटा व्यापारिक नाका बन्द भएको छ।
हाल सिन्धुपाल्चोकस्थित तातोपानी नाका र रसुवास्थित रसुवागढी नाका बन्द रहेको छ।
कोरोनाका कारण एक वर्षदेखि पूर्ण सञ्चालनमा आउन नसकेको नाकाबाट सीमित रुपमा भइरहेको आयात पनि बिहीबारबाट बन्द भएको रसुवागढी भन्सार कार्यालय प्रमुख रामप्रसाद रेग्मीले जानकारी दिए।
‘चिनियाँ कामदारहरु ल्होसार छुट्टीमा गएछन्, दैनिक पाँच कन्टेनरका दरले भइरहेको आयात पनि अहिले ठप्प छ’ भन्सार प्रमुख रेग्मीले भने ।
चिनियाँ भन्सार अधिकारीसँग भएको कुराकानीमा अझै झण्डै १० दिन आयात प्रभावित हुने जनकारी आएको रेग्मीले बताए।
कोरोनाकाकारण बन्द हुँदै खुल्नै गरेको रसुवागढी नाका गत कात्तिक १३ गतेदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको थियो ।
दैनिका पाँच वटा चिनियाँ कन्टेनरले नेपालतर्फ यार्डमा सामान ल्याईदिनेगरी नाका खुलेको थियो।
ल्होसारकै कारण तातोपानी नाका पनि बन्द भएको भन्सार कार्यालयले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
