प्रतिगमनविरूद्ध नयाँ चरणको आन्दोलन घोषणाको तयारीमा प्रचण्ड-माधव

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्दोलनरत पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध नयाँ चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ।

नेकपाको आन्दोलनरत पक्षले भोली दिउँसो २ बजे पत्रकार सम्मेलन गरी नयाँ चरणको आन्दोलन कार्यक्रम सार्वजनिक गर्न लागेको हो।

Advertisement

नेकपाले संसद् विघटन र संवैधानिक निकायमा भएको असंवैधानिक नियुक्तिविरुद्ध चरणवद्ध आन्दोलन गर्दै आएको छ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले फागुन पहिलो साता आन्दोलनरत दलहरुसँगको सहकार्यमा संयुक्त जनआन्दोलन समेत घोषणा हुन सक्ने यसअघि नै जानकारी गराएका थिए ।

नेकपा भित्रको विवाद र आन्दोलनको औचित्यबारे प्रकाश पार्न श्वेतपत्र जारी गर्ने नेकपाको तयारी छ। तर भोली घोषणा हुने भनिएको नयाँ चरणको आन्दोलनका कार्यक्रमको स्वरुपबारे भने केही खुलाइएको छैन।

सात दशक लामो संघर्षबाट प्राप्त भएको उपलब्धी खतरामा परेको नेकपाको निष्कर्ष छ। हिजो (शनिबार) पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले हजारौँ शहीदले रगत बगाएर प्राप्त गरेको संविधान कुल्चिने षडयन्त्र भइरहेको बताएका छन् ।

उनले शहीदको बलिदानीलाई कुल्चने दुस्साहस नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिए ।

More News last news
Loading...