काठमाडौँ । आज २६औँ जनयुद्ध दिवस । तत्कालीन माओवादीले राज्यविरूद्ध हतियार उठाएको दिन। २५ वर्षअघि ‘जनयुद्ध’ सुरु भएको दिनको सम्झनामा तत्कालीन माओवादीहरुले यो दिवस मनाउँदै छन् ।
संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै माओवादीले रोल्पा, सिन्धुली र गोरखाका विभिन्न प्रहरी चौकीमा आक्रमण गरेर तत्कालीन माओवादीले नेपालमा सशस्त्र विद्रोहको शुरूवात गरेको थियो।
तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रबीच एकीकरण भएपछि यो दिवस एकीकृत रूपमा मनाइँदै आए पनि यो वर्ष भने त्यस्तो हुने छैन।
नेकपा ओली समूह र दाहाल–नेपाल समूहमा विभाजित भएकाले दिवस मनाउने दृष्टिकोणमा पनि विभाजन छ। ‘जनयुद्ध’ दिवस यो वर्ष नेकपाभित्र दाहाल-नेपाल समूहले मात्रै मनाउँदै छ।
दाहाल(नेपाल समूहले केन्द्रीय कार्यालय पेरिसडाँडामा कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा आन्दोलन र जनयुद्धमा शहीद भएकाहरूको स्मृतिमा सभा आयोजना गरिएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
