मरणोपरान्त शरीर दान गर्ने सत्यमोहन जोशी दम्पतीको निर्णय

काठमाडौँ । शताब्दी पुरुष सत्यमोहन जोशी र उनकी पत्नी राधादेवी जोशीले मरणोपरान्त आफ्नो शरीर दान गर्ने भएका छन्।

मृत्युपछि आफूहरुको शरीर किस्ट अस्पतालद्वारा सञ्चालित मेडिकल कलेजलाई दान गर्ने निर्णयमा पुगेको जोशीले जानकारी दिए। किस्ट अस्पतालले जोशी दम्पत्तिको निःशुल्क हेरचाह गरिरहेको छ।

Advertisement

औषत् उमेरमा मृत्यु हुने मान्छेको शरीरको अध्ययन भइरहेको भएपनि १०० वर्ष उमेर कटिसकेको अवस्थामा शरीरको अवस्था कस्तो हुँदोरहेछ ? भन्ने जानकारी मिलोस् भनेर पनि दान गर्न लागिएको उनले बताए।

यसबारे औपचारिक घोषणाका लागि शुक्रबार अपराह्न साढे एक बजे ललितपुर महानगरको कार्यालय पुल्चोकमा कार्यक्रम राखिएको छ।

More News last news
Loading...